बेलायतमा रहेको रेडिंग नेपाली समाज अर्थात Greater Reading Nepalese Community Association ( GRNCA) को तेह्रौ महा अधिवेशन आगामी 2nd March 2025 मा हुनेभएको छ । यसै अबसरमा समाजका सल्लाहकारज्युहरु र कार्यसमिति को यही जनवरी १२ गते बसेको बिशेष बैठकले समाज का पुर्ब अध्यक्ष तथा सल्लाहकार कृष्ण न्यौपाने को अध्यक्षतामा एक निर्वाचन समिति पनी गठन गरेको छ । निर्वाचन समिति सदस्यहरुमा समाज का पुर्ब अध्यक्ष मान गुरुंग र सल्लाहकार हरु राम गलामी र राजेन्द्र श्रेष्ठ रहनु भएको छ । समिति ले आबस्यकता अनुसार अन्य आयुक्त हरु पनी मनोनयन गर्न सक्नेछ । यसै गरी सोही बैठकले बर्तमान कार्यसमिति बांटे एक तीन सदस्यीय महाधिवेशन ब्यबस्थापन समिति पनी गठन गरेको छ जस्मा ऊपाध्यक्ष सुरेश थापा संयोजक रहनु भएको छ भने सदस्यहरुमा सचिब भरत पौडेल र दुर्गा ढकाल रहनु भएको छ ।
यसै बिच समाजका अघ्यक्ष भीमसेन खड्का र महासचिव ओमकार अधिकारी को रोहबरमा यही जनवरी १९ मा बसेको निर्बचन समितीको बैठकले समाजको सदस्यता अध्याबधी गर्न को लागी आगामी फेब्ररी २३ गतेसम्मको समय सीमा तोकिदिएको छ जस अनुसार समाजको सदस्यता लिन चाहने रेडिंग बासीहरुमा सुचना जारी गरिएको छ । रेडिंग नेपाली समाजको आजीबन सदस्यता लिन को लागी प्रती व्यक्ति £५१ शुल्क निर्धारित गरिएको छ भने एऊटै ठेगानामा रहने दम्पत्ति को लागी भने जन्मा £६१ लाग्नेछ । यस भन्दा अगाडि समाजमा साधारण सदस्यताको पनी ब्यबस्था भए पनी GRNCA को परिबर्तित CIO मोडेलको बिधान बमोजीम अब ऊपरान्त एके प्रसारकों आजीबन सदस्यता को मात्र ब्यबस्था गरिएको छ । समाज को आजीवन सदस्यता लिनको लागी रेडिंग नेपाली समाज को वेब साईट www.grnca.org मा गएर स्वयं आबेदन दिन तथा समाजको बैंक एकाऊन्टमा online payment गर्न सकिनेछ । साथै कार्यसमिति का कुनै पनी सदस्यलाई सम्पर्क गरी आबेदन फारम लिन पनी सकिनेछ ।
यसै गरी निर्वाचन समिति को बैठकले तेह्रौ महा-अघिबेसन र नयां कार्यसमिति चयन गर्नको लागी एक समय तालिका पनी प्रकासित गरेको छ जस अनुसार बर्तमान कार्यसमिति ले आगामी फेब्ररी २३ तारिखसम्म सदस्यता लिने महानुभाव हरुको आजीबन सदस्यता अध्याबधी गरी सो नामावली निर्वाचन समितीलाई फेब्ररी २६ सम्ममा बुझाऊनु पर्ने छ । सो नामावली निर्वाचन समितीले फेब्ररी २७ मा प्रकाशन गर्नेछ भने नामावली ऊपर दाबी बिपोध वा भुलचुक सच्वाऊन सोहीदिन बेलुका सम्म समय प्रदान गरिएको छ । भोली पल्ट फेब्ररी २८ तारिख बिहान १० बजे सदस्यता को अन्तिम नामावली प्रकाशन गरिने छ भने सो नामावली मा भएका सदस्यहरु मध्यबाट नयां कार्यसमिति मा बस्न ईच्छुक ट्रस्टी तथा पदाधिकारी हरुको लागी बिहान १० बजे देखी अपरान्ह १२ बजे भित्रमा ऊम्मेदबारी मनोनयन आब्हान गरिएको छ । निर्वाचन समितीले २५ सदस्यीय बोर्ड अफ ट्रस्टीज ( Board of Trustees) अथबा नयां कार्यसमिति गठन गर्न को लागी भरसक सर्बसम्मत चयन गर्ने प्रयास गर्ने छ भने कुनै पनी पद्मा आबस्यक भन्दा बढी ऊम्मेदबार ईच्छुक भएको खण्डमा निर्वाचन गराऊनको लागी पनी तैयारी गर्नेछ । यसै प्रयोजनको लागी मार्च १ तारिख शनिवार ऊम्मेदबार हरुले नाम फिर्ता लिनको लागी समय प्रदान गरिनेछ ! शनिबार १ तारिख बेलुकासम्म सहमति को लागी अधिकतम प्रयास गरिनेछ भने सर्बसम्मत हुन नसकेको खण्डमा भोली पल्ट मार्च २ महा अधिवेशन मा ऊपस्थित आजीवन सदस्य हरुको मतदान ( निर्वाचन ) मार्फत नयां कार्यसमिति को घोषणा गरिनेछ ।
रेडिंग नेपाली समाजको गठन २००१ सालमा भएको थियो भने २००८ सालना पहिलो पटक च्यारीटी कमिसनमा दर्ता भएको थियो । समाजको यस भन्दा अगाडी सात जना महानुभाव हरुले नेतृक्व गरिसक्नु भएको छ जस्मा संस्थापक अध्यक्ष डा सिबी गुरुंग ( २००१-२००५ ) देखी अर्जुन बस्नेत ( २००५-२००९) महेश गुरुंग ( २००९-२०१३) , कीर्तिबिलास पन्त (२०१३ -२०१५) , मान गुरुंग ( २०१५-२०१७) , कृष्ण न्यौपाने ( २०१७-२०१९) र टेक गुरुंग ( २०१९-२०२३) हुनुहुन्छ । बर्तमान अध्यक्ष भीमसेन खड्का समाज को आठौ अध्यक्ष ( २०२३-२०२५ ) हुनुहुन्छ भने तेह्रौ महाधिवेशन ले समाज को नबौं अध्यक्ष को नेतृत्वमा नयां कार्यसमिति को चयन गर्नेछ । Greater Reading Area भित्र करीब १०-१२ हजार नेपाली हरुको बसोबास भएको अनुमान गरिएको छ जस्मा झण्डै ६०/७० प्रतिशत भूतपूर्व गोर्खा शैनिक परिबार रहेको अनुमान छ । नेपालको बिभिन्न भागबाट आएका नेपाली हरु को बसोबास रहेको रेडिंग मा बिभिन्न जात जाती र धर्मालम्बीहरुको आआफ्ना संघ संगठनहरु पनी रहेका छन् तर रेडिंग नेपाली समाज सबैको साझा संगठन रहंदै आएको छ । रेडिंग भित्र रहेका सबै स्थानीय नेपाली सघं संगठनका अध्यक्ष हरु रेडिंग नेपाली समाज को पदेन सलाहकार रहने पनी प्रचलन रहि आएको छ । यसै गरी रेडिंग नेपाली समाजको हरेक कार्यसमिति मा पनी बिभिन्न जात जाती , धर्म र सम्पदायको समुचित प्रतिनिधित्व रहंदै आएको छ । विदेशी भुमिमा रहेर पनी स्वदेशी चाडबाज , भाषा , कला र सस्कृतीको प्रबर्धन र संरक्षणमा रेडिंग नेपाली समाजले ऊल्लेखनिय कामहरु गर्दै आईरहेको छ । यसैगरी स्वदेश मा होस् वा बिदेशमा नेपाल र नेपाली हरुका अनपेक्षित पिडाहरुमा बेला बेलामा मलम पट्टी लगाऊन पनी समाज सदैब अग्रसर रहेको छ । रेडिंग नेपाली समाजले निकट भबिस्यमा नै सबैको साझा एक सामुदायिक भवन बनाऊने प्रयास गरिरहेकोछ जस्को लागी ग्रेटर रेडिंग एरियाना रहनुहुने सम्पूर्ण महानुभाव हरु लाई समाज संग हातेमालो गर्न पनी अनुरोध गरेको छ ।
2nd Mar, 2025
10:35 AM