News & Info

तीजको शुभकामना !!!

तीजको शुभकामना !!!

नेपाली महिलाहरुको बिशेषपर्ब हरितालिका तीजको अबसरमा सम्पूर्ण महिला दिदी बहिनीहरु प्रति मंगलमय शुभकामना!!!

                                                                                             
यस पर्बले सम्पूर्ण महिला दिदी बहिनीहरुमा उमङ्ग,उत्साह र हौसला छाओस साथै,हजुरआमा,आमा, दिदी बहिनी र सम्पूर्ण महिलाहरुको हक,अधिकारको पूर्ण प्राप्ति र यसको सहि अभ्यास हुन सकोस, महिलाको हकअधिकार अभ्यास गर्दा पुरुषहरुको हक अधिकार कुण्ठित नहोस, पुरुष महिला बिनाको समाजको कल्पना तथा सोच कसैले नगरोस  र जन्म र मृतु बीचको जीबनअबधिलाई राम्रोसंग चिनेर यसको अधिकतम सदुपयोग गरौँ l            
 
तीज चाढलाई बिभिन्न किसिमबाट बुझ्न सकिन्छ:
 
१. बिबाहित महिलाले श्रीमानको आयु बढाउन,सुस्वास्थ्य, निरोगी राख्न, अबिबाहित केटीहरुले राम्रो, सभ्य र असल लोग्ने पाउन ब्रतबस्ने चलन छ, यति हुँदाहुँदै पनि कति लोग्नेहरुलाई पत्तेइ हुदैन आफ्नी श्रीमतीले आफुप्रति गरेको ब्रतप्रति, तैपनि उनीहरुको आयु लम्बिराखेरै हुन्छ होला l  
 
२. नयाँ साडी, ब्लाउज, चोलो, गरगहना लगायत शृंगारका सामानहरु पहिरिएर ब्रतबस्ने, पुजा आजा गर्ने साथै, ठेट तीजको गीतमा छमछम नाच्ने चाढ पनि हो, यो क्षेण ज्यादै उमंग र आनन्दको हुन सक्छ l 
 
३ .बिरलै भेटघाटहुने दिदी बहिनीहरुसंग भलाकुसारी गर्ने अमुल्य समय हो l  
 
४. सक्कली गरगहनाको चेहो गरिराख्नेहरुको लागि बिना लगानी ठुलो सम्पत्ति जोड्ने अवसर पनि हो l चोरी चकारी देखि साबधान ! 
 
५. ग्रेटर रेडिङ्ग नेपली समाजको लागि तीज चाढ शुभ कामना दिने, तीज पार्टीको आयोजना गर्ने र आमा, दिदीबहिनीहरुलाई नाच्ने, गाउने अवसर दिने साथै,खानपान गराउने राम्रो अवसर हो l 
                                                                                                   
अन्त्यमा, सबैको भलो होस् ! 
 
प्रार्थी,
ग्रेटर रेडिङ्ग नेपाली समाज
 
.
तीजको शुभकामना !!!