सुचना ! सुचना !! सुचना !!!
ग्रेटर रेडिंग नेपाली समाज (GRNCA)को नबौँ महाधिबेशन
आऊँदो 25th March 2017 मा रेडिंगको रातो कार्पेट सभागृह ( The Red Carpet Hall , Warehouse Reading ) मा दिनको ११ बजे देखी आयोजना गरिने भएको छ । ऊक्त अबसरमा समाजको नयाँ कार्यसमितिको पनी चयन गरिने छ । नयाँ कार्यसमितिको गठन प्रक्रियालाई सहजता प्रदान गर्न एक निर्बाचन कमिटी पनी गठन गरिएको छ । निर्बाचन कमिटीको संयोजक संस्थाका पुर्ब अध्यक्ष तथा सल्लाहकार श्री महेश गुरुंग हुनुहुन्छ भने सदस्यहरुमा पुर्ब अध्यक्ष तथा सल्लाहकार अर्जुन बस्नेत लगाएत अन्य सल्लाहकार द्वय बेद लावती र राजेन्द्र श्रेष्ठ तथा पत्रकार दधि राज घिमिरे हुनुहुन्छ । कार्यसमितीमा बसेर समाजसेवा गर्न चाहने आंकांक्षीहरुको संख्या बिधानत तोकिएको पद संख्या भन्दा बढि भएको खण्डमा सहमतीका साथ सर्ब सम्मत गराऊने प्रयास गरिनेछ तर सर्ब सम्मत हुन नसकेको खण्डमा संस्थाको बिधान बमोजीम स्वतन्त्र रुपमा निर्बाचन समेत गराईनेछ ।
रेडिंग नेपाली समाज रेडिंग बासी संपुर्ण नेपालीहरुको साझा संस्था भएको र यस संस्थामा कुनै पनी जातीय ,धार्मिक र भौगोलिक तथा राजनैतिक आस्थाका कारण भेदभाब नहुने भएको कारण संपुर्ण रेडिंग बासी नेपालीहरुको बिचमा निकै लोकप्रिय बन्दै गईरहेको छ । यस संस्थाले नेपालमा भूकम्प बाट क्षतिग्रस्त भएको स्कूल पुनर्निर्माण गर्ने देखी स्थानीय रुपमा बिभिन्न स्वास्थ्य तथा परोपकार संबन्धि कामहरु गर्दै आईरहेको छ । सन् २००१ मा स्थापित यस संस्थाको बर्तमान आठौँ कार्यसमितीले अब हुन गैरहेको नबौँ महाधिबेशनमा नयाँ कार्यसमितीको चयन गरी आफ्नो कार्यभार हस्तान्तरण गर्ने योजना बनाएको छ ।
संस्थाको नवौँ कार्यसमितीको चयन प्रकियामा भाग लिनको लागी 15th March 2017 सम्ममा समाजको सदस्यता लिई सकेको हुनु पर्नेछ र सदस्यका बितरण कार्य तिब्र गतिमा अगाडि बढाईएको छ ।
समाजको साधारण सदस्यता शुल्क £५ रहेको छ भने आजिबन सदस्यता शुल्क £५१ छ तर श्रीमान वा श्रीमतीको हकमा भने £१० थप तिरेर आजीबन सदस्यता लिन सकिने प्राबधान रहेको छ ।

6th Feb, 2020
11:00 AM