News & Info

रेडिङ नेपाली समाज यूकेले चुन्यो भिमसेन खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति

लण्डन- रेडिङ नेपाली समाज यूकेको १२ औं महाधिवेशन सम्पन्न भएको छ । उक्त महाधिवेशनले भिमसेन खड्काको अध्यक्षतामा ०२३-०२४ का लागि २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।   
                                               

जस अनुसार उपाध्यक्षहरुमा यादव श्रेष्ठ, प्रेम गुरुङ, सुरेशजंग थापा, कल्पना सुवेदी पन्डित र उदय घिसिङ, महासचिवमा ओमकार अधिकारी, सचिवमा भरत पौडेयाल, कोषाध्यक्षमा सरोज थापा, सहकोषाध्यक्षमा जगन्नाथ सापकोटा चुनिएका छन् ।  
 

सदस्यहरुमा हरिमाया गुरुङ, विनस रिजाल, दुर्गा ढकाल, इन्दु सुब्बा, हिम्मत सिटौला, सुभास चापागाई, सुरेन्द्र उप्रेती, रोशन श्रेष्ठ, विक्रम श्रेष्ठ, चेत रेगामी, मिनकुमार गुरुङ, श्रया पौडेल तथा लक्ष्मण श्रेष्ठ गरि २३ जनाको टिम गठन भएको छ ।
 

महाधिवेशनमा संस्थाका महासचिव ओमकार अधिकारीले वार्षिक प्रतिवेदन प्रस्तुत गरे । त्यस्तै संस्थाको आयब्यय विवरण कोषाध्यक्ष सरोज थापा र लेखापाल विश्व पुडासनीले पेश गरेका थिए । 
 

निवर्तमान अध्यक्ष टेक गुरुङले अधिवेशनको अध्यक्षता गरेका थिए भने प्रमुख अतिथीमा संस्थाका सल्लाहकार विश्वआदर्श पन्डित र विशेष अतिथि राम गलामीमगर थिए ।

 

निर्वाचन अधिकृत कृष्ण अधिकारी, निर्वाचन सचिव सोब रेगामी, सदस्यहरु मान गुरुङ तथा जानकी कायस्थले निर्वाचन शान्त र सरल रूपमा सम्पन्न गरे ।

 

निर्वाचित कार्यसमितिलाई निर्वाचन अधिकृत अधिकारीले पद तथा गोपनियताको शपथ गराएका थिए । 

 

Source: Nepali Link

 

रेडिङ नेपाली समाज यूकेले चुन्यो भिमसेन खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति