आईतवार २ अप्रिल (२०२३) का दिन निर्वाचन संचालन प्रयोजनको लागि पालना गर्नुपर्ने केहि सर्तहरु यस प्रकार छन् :
ग्रेटर रेडिङ्ग नेपाली समाज (GRNCA) बिधिवत रुपमा च्यारिटि कमिसनमा दर्ता भएको च्यारिटेवल प्रकृतिको CIO संस्था भएको हुँदा यस संस्थामा आबद्द सम्पुर्ण सदस्यहरु समान हुन, सबैको समान हक अधिकार र दायित्व हुन्छ तसर्थ, गतिशिल रुपमा संस्था संचालन हुनको लागि प्रत्येक सदस्यबाट स्वस्फुर्त आवस्यक सहयोग, सल्लाह र सुझाबको अपेक्षा गरिन्छ नै l यद्यपि संस्थाको उद्देश्य प्राप्तिका लागि बिधानमा उल्लेख भए बमोजिम एक बोर्ड अफ ट्रष्ट्रिज (कार्य समिति) चयन गर्नुपर्ने भएको हुँदा केहि प्रक्रिया, बिधी वा नियम पालना गर्नु पर्ने हुन्छ अत: उक्त प्रयोजनको लागि केही नियम तथा सर्तहरु यस प्रकार छ्न :
१. संस्थाको विधानमा उल्लेख भए अनुसार बर्तमान कार्य समितिले प्रकाशन गरेको बोर्ड अफ ट्रष्टिमा रहेर कार्यगर्न ईच्छुक संस्थामा आबद्द सदस्यहरुले बिधि पुर्याएर भरिएको उम्मेद्वारी फाराम तोकिएको समयभित्र पेश गर्नुपर्ने छ l
२. बढीमा तीन जनासम्म उम्मेद्वारहरुको लागि संस्थामा आबद्द सदस्यहरुले प्रस्ताव वा समर्थन गर्न सक्ने छ्न l
३. चित्त बुझ्दो कारणबस स्व-उपस्थित हुन असमर्थ रहेको अवस्थामा मनासिव कारण खुलाएर लिखित वा मौखिक रुपमा निर्वाचन समिति समक्ष अनुरोध भै आएमा बिधि पुर्याएर भरिएको उम्मेद्वारी फlरlमा तोकिएको ढाँचाको संलग्न फोटो सहित तोकिएको समय भित्र पेश गरिएमा निर्वाचन समितिको लागि मान्य हुनेछ तर अपुरो वा बिधिसम्मत पेश नगरिएको फाराम स्वत रद्द भएको मानिने छ l
४. अठार(१८)औ जन्मदिन पार गरेका संस्थामा आबद्द सदस्यले उम्मेद्वारी दिन सक्ने छ्न l
५. सस्थामा आबद्द कुनै अपांग वा असक्त सदस्यले उम्मेद्वारी दिन चाहेमा र अनुरोध गरेमा निर्वाचन समितिले तोकेको व्यक्तिले अlवश्यक सहयोग पर्याउने छ्न l
६. नयाँ बोर्ड अफ ट्रष्टिज निर्वाचन सम्बन्धि कुनै कुरा अस्पष्ट भएमा वा दोबिधा भएको अवस्थामा निर्वाचन समितिसंग सिधै सम्पर्क गर्न सकिने छ l संस्थाको विधानमा उल्लेख नभएको तर निर्वाचन सम्बन्धि तत्काल निर्णय लिनुपर्ने अवस्थामा निर्वाचन समितिले अन्तिम निर्णय दिने छ l
भवदीय,
निर्वाचन समिति